१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मदिरा सेवन गरेर कार चलाएका भण्डारी हाजिर जमानीमा रिहा

मदिरा सेवन गरेर कार चलाएका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी दुर्घटना गराएको आरोपमा शक्रवारदेखि प्रहरी नियन्त्रणमा थिए। उनलाई आईतबार भक्तपुर प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।

शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए।

शनिबार घाइतेहरुका परिवारसँग राखेर छलफल भएको र भण्डारीले घाइतेहरुको उपचार खर्च बेहोर्ने गरी कागज भएपछि उनी हाजिर जमानीमा छुटेको प्रहरी प्रवक्ता पाठकले बताए।  बिहीबार निर्देशक भण्डारीले चलाएको बा१ (०२६ ०३५९) नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो।

उक्त कारमा सवार ६ जना रहेका थिए। सवार सबै घाईते भएका थिए। घाईतेहरुलाई मध्यपुर ठिमी अस्पताल लगिएको थियो । घाईते ६ जनामध्ये ४ जनाको अवस्था समान्य रहेको बताइएको छ । १ जनाको अवस्था भने गम्भीर रहेको जनाइएको छ। 

गम्भीर घाइते हुनेमा कमेडियन सुशान्त बस्याल रहेका छन्।  उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेको बताइएको छ। अन्य घाइतेहरुको अवस्था सुधारोन्मुख रहेकाले छाडिएको र भोलि तलमाथि भएको अवस्थामा सवारी ज्यानको मुद्दा समेत चल्न सक्ने प्रहरी प्रवक्ता पाठकले बताए। उनीहरु नगरकोटबाट फर्किंदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ।

प्रकाशित: ११ चैत्र २०८० १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App