१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सहकारी समस्या समाधानमा सरकार लागिपरेको छः लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर सहकारीमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन्। उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरिरहेको बताए।

उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ। सहमति कार्यान्वयनमा आउँछ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो।

सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए। गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिटै पक्राउ पर्ने विश्वास व्यक्त गरे।  

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो। उनले भने, ‘निर्दोष नफसोस् दोषी नउम्कियोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ। त्यहीअनुसार काम हुन्छ।’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गरिने उनले बताए। –रासस

प्रकाशित: ११ चैत्र २०८० ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App