१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

आज साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको उनले जानकारी दिए। 

प्रकाशित: १० चैत्र २०८० २२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App