२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ चिनियाँ नागरिक घाइते

तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

शनिबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटनामा परेको हो। घाइते ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइते हुनेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीय सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीय हुछिआओ ली छन्।

उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।

बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए। उक्त बसमा २६ यात्रु सवार थिए।

प्रकाशित: १० चैत्र २०८० १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App