२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बयान दिएर निस्किए चौधरी

फाइल तस्बिर

सरकारी वकिल कार्यालय पुगेका विनोद चौधरी बयान दिएर बाहिर निस्केका छन्। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा सरकारी वकिल कार्यालय काठमाडौँले उद्योगपति चौधरीसँग आज बिहान बयान लिएको हो।

ऋाज बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेर चौधरीले सीआईबीलाई बयान दिएका हुन्।

उनका माइला भाई वसन्त चौधरीलाई सिआइबीले बुधवार सोधपुछ गरेर छाडेपछि आज बिहान सांसद चौधरीसँग बयान लिन सरकारी वकिल कार्यालयमा बोलाइएको थियो।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सिआइबीले अनुसन्धान अघि बढाएको थियो। हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

अर्बपति व्यवशायी एवं सांसद विनोद चौधरीमा कान्छा भाई अरुण चौधरीलाई १८ माघमा  पक्राउ गरेर अनुसन्धान थालेको थियो। त्यसैगरी माइला भाई वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेपछि सिआइबीले उनलाई बोलाएर सरकारी वकिलको रोहबरमा बयान लिन थालेको हो।

उनीमाथि अनुसन्धान अघि बढाएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई समेत गराइएको छ। घिमिरेलाई बुधवार पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।

सामान्यतय ९ बजे खुल्ने सरकारी वकिल कार्यालयमा आवश्यकताको सिद्धान्त अनुुसार आज आठ बजे नै खोलेर चौधरीको बयान लिन थालिएको हो।

सांसद चौधरीलाई पनि कागज गराएर छाड्ने तयारीका साथ प्रकृया अघि बढाइएको स्रोतको दावी छ।

प्रकाशित: ८ चैत्र २०८० १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App