१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुग्लिन-­नारायणगढ सडकमा ट्रक दुर्घटना

चितवनको नारायणगढ-­मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा एक ट्रक दुर्घटनामा परेकाे छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा ३ ख ८३८० नम्बरको ट्रक मंगलबार साँझ साढे ४ बजेको समयमा दुर्घटनामा परेको हो।

ट्रक चालक काभ्रेपलान्चोकका अन्दाजी ३५ वर्षिय सुरेश थापा सामान्य घाइते भएका छन्। ट्रकमा उनी एक जना मात्र सवार थिए।

ब्रेक नलागेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। हाल ट्रकलाई क्रेनको सहायतामा उठाउने तयारी भइरहेको छ।

प्रकाशित: ६ चैत्र २०८० १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App