२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इलाम-२ : मतगणना सम्भवतः आजै रातिदेखि

मतपेटिका संकलनपछि सर्वदलीय बैठक, सम्भवतः गणना आजै सुरु गरिने

आज (शनिबार) इलाम क्षेत्र-२ मा भइरहेको उपनिर्वाचनको मतगणना सम्भवतः आजै राति सुरु हुनेछ। मतदानपछि सबै मतपेटिका सदरमुकाममा संकलन भएपछि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आज बिहान ७ बजेदेखि यो क्षेत्रका ७९ मतदानस्थलका एक सय ४९ वटै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सबै केन्द्रका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर गणना सुरु गरिने जानकारी दिए।

‘मतगणना कतिबेला सुरु गर्ने भन्ने निर्णय भइसकेको छैन,’ उनले भने, ‘मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने छ।’ 

इलाम बजारको सिटी हल मतगणनाका लागि तयार गरिएको छ। सिडिओ इन्द्रदेव यादवले राति १० बजेसम्ममा सबैतिरका मतपेटिका सदरमुकाममा संकलन भइसक्ने अनुमान रहेको जानकारी दिए।

यसपटकको उपनिर्वाचनमा इलाम-२ मा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार  आठ सय ८९ मतदाता सूचीमा छन्।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। दिउँसो १ बजेसम्ममा ४२ प्रतिशत मत खसेको प्रशासनले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८१ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App