१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

लागु औषध मुद्दाका फरार कसुरदार पक्राउ

लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिकाका २५ वर्षीय विकास चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

विसं २०८० असार १० गते लागु औषध (ब्राउन सुगर) मुद्दामा अदालतले चौधरीलाई १ महिना ६ दिन कैद सजाय तोकेको थियो। अदालतले सजाय तोकेको दिन देखि चौधरी फरार रहेका थिए।

चौधरी आफ्नै घरवतनमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम आर्यालले जानकारी दिए।

प्रकाशित: ६ चैत्र २०८० १६:१८ मंगलबार