१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चक्कामा समस्या देखिएपछि श्री एयरको जहाज धनगढीमै रोकियो

फाइल तस्बिर

श्री एयरलाइन्सको सोमवार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको जहाजको चक्कामा देखिएको समस्याका कारण काठमाडौँ फर्कन सकेको छैन।

सोमवार साँझ ७ बजेर ५२ मिनेटमा धनगढीको विमानस्थलमा अवतरण गरेको एएनएच २२७ नम्बरको श्री एयर लाईन्सको जहाजको अगाडीको दाँयापट्टीको चक्कामा समस्या देखिएको एयरलाइन्सका एक कर्मचारीले बताएका छन्।

‘यात्रु रोकिएपछि जहाज चालकले हेर्दा चक्कामा समस्या देखिएकाले जहाज ग्राउण्डेड गरिएको हो’ उनले भने। प्राविधिक टोलीले जाँच गरेपछि मात्र समस्या थाह हुने उनको भनाई छ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले जहाज अवतरण भएर पार्किङ गरिएपछि मात्र आफूलाई जहाजको अगाडीको दायाँ पट्टीको चक्कामा प्राविधिक समस्या देखिएको जानकारी आएको बताए।

प्राविधिक जाँच गरेपछि मात्र जहाज उड्ने उनको भनाई छ।

प्रकाशित: ६ चैत्र २०८० १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App