१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मुक्तिनाथ दर्शनमा ‘लेक’को सकस, दुइसातामा दुइजनाको ज्यान गयो

हिमाली जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्न पुगेका एकजना भारतीय पर्यटकको आइतबार लेक लागेर ज्यान गएको छ।  

भारतको हैदराबाद घर भएका ८३ वर्षिय बि नारायणको लेक लागेर ज्यान गएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए। पछिल्लो दुइसातामा मुक्तिनाथ दर्शन गर्न गएका दुईजना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको प्रहरीले बताएको छ।  

पाण्डेका अनुसार स्वासप्रश्वासमा समस्या आएका उनको आइतबार दिउँसो मृत्यु भएको हो। बि नारायण सहित ४१ जना भारतीय पर्यटकको समूह गत शनिबार मुस्ताङ पुगेको थियो।  

प्रहरीका अनुसार शनिबार नै भारती पाहुनाको त्यो समूहले मुक्तिनाथ दर्शन गरेको थियो। मन्दिर दर्शन गरेर फर्केपछि होटलमा बसेका बि नारायणलाई स्वासप्रश्वासमा समस्या आई जिल्ला अस्पतालमा उपचारको लागि ल्याएकोमा मृत्यु भएको थियो। उनी छोरी र आफन्त सहितको समूहमा मुक्तिनाथ दर्शन गर्न आएका थिए। मृतकको शव परिवारका सदस्यलाई जिम्मा लगाएको पनि प्रहरीको भनाई छ।  

यस अघि फागुन २१ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका अर्का एकजना भारतीय तीर्थयात्रीको पनि लेक लागेर मृत्यु भएको थियो। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक फागुन २१ गते मृत्यु भएको थियो।  

प्रकाशित: ५ चैत्र २०८० १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App