१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

मिथिलाञ्चलमा विधिवत् रुपले सुरु भयो होली

मिथिलाञ्चल क्षेत्रमा होली पर्व विधिवत रुपमा सुरु भएको छ। महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो।

पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत आठौँँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका–९ कञ्चनवनमा पुगेका थिए। कञ्चजनमा रहेका परिक्रमाका साधु, सन्त, महात्मासहित सम्पूर्ण परिक्रमा यात्रीले आज बिहान भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र परिक्रमा यात्रीले एकापसमा रङ अबिर दलेका थिए।

होलीको विधिवत् प्रारम्भसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउँने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन तथा चुटकिला भन्ने तथा नाटक देखाइनेछ।

कञ्चनवनमा विश्राम गरेका परिक्रमा यात्री आज क्रमशः धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कन्छन्। रासस

प्रकाशित: ५ चैत्र २०८० ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App