२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो यसवर्षको फागु पूर्णिमा

यसवर्षको फागु पूर्णिमा विधिवत रुपले सुरु भएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै यसवर्षको होली अर्थात् फागु पूर्णिमा विधिवत रुपले सुरु भएको हो।

आज बिहान रङ्गीविरङ्गी कपडाले बनेको ध्वजासहितको तीन खण्डे चीर बसन्तपुर दरवार क्षेत्रमा ठड्याइएको छ। चीर ठ्ड्याउन नेपाली सेना र काठमाडौँका मानन्धर समुदाय लगायतको उपस्थिति रहेको थियो।

चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने परम्परा रहेको छ।

यसवर्ष काठमाडौं लगायत पहाडी तथा हिमाली जिल्लाहरूमा चैत ११ गते र तराई मधेसका जिल्लाहरूमा चैत १२ गते होली पर्व परेको छ। होली पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

प्रकाशित: ४ चैत्र २०८० ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App