२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय नियन्त्रणमा

रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो। 

गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ। 

भारतीय नम्बरको अपाचे  मोटरसाइकल चढेर तीन जनाको समुहमा आएका भारतीय लुटेरा समूहले सञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए। लुटेरा समूहले चलाएको गोली साहको कन्चटमा लागेको छ। 

गोली लागेर गम्भीर घाइते भएका साहको गौर अस्पतालमा सामान्य उपचार पश्चात् वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको एसपी श्रेष्ठले बताए।

घटना स्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईँ सहितका टोली खटिएको छ। नेपाल भारत सिमाक्षेत्रमा कडाइ गरिएको छ। घटना स्थल सिमाक्षेत्र बाट करिब तीन सय मिटर उत्तर क्षेत्र पर्दछ।

प्रकाशित: २ चैत्र २०८० १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App