२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

जिल्लाको बडिमालिका नगरपालिकामा बुधबार बिहान गाउँनजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिए।

मृत्यु हुनेमा सोही नगरपालिका– ५ मनाकी ४५ वर्षीया दुरा साउद रहेकी छन्। उनका अनुसार बुधबार गाउँनजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते भएकी साउदलाई उपचारका लागि सदरमुकाम मार्तडी लैजान नपाउँदै घरमा मृत्यु भएको थियो।

भिरबाट लडेर घाइते भएकी साउदको सहरी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पठाइएको भए पनि भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नपाउँदै ज्यान गएको स्थानीय राजेन्द्र विकले बताए। –रासस

प्रकाशित: १ चैत्र २०८० १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App