नेपाल पूर्व सशस्त्र प्रहरी संघले संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष डा. ठाकुरमोहन श्रेष्ठमाथि हातपात तथा अभद्र व्यवहार गरिएको घटनाप्रति आफ्नो ध्यानआकृष्ट भएको जनाएको छ।
संघले अध्यक्ष रविराज थापाद्वारा हस्ताक्षरित मंगलबार जारी विज्ञप्तिमार्फत संवादको बाटो छाडेर अभद्र व्यवहार गर्ने उक्त घटनामा संलग्न दोषीहरू उपर आवश्यक कानुनी कारबाही गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ।
साथै संघले मानवीय मर्यादा नाघेर गरिने जुनसुकै क्रियाकलाप नियन्त्रण गर्न सरकारको ध्यान यथाशीघ्र जाने विश्वास पनि व्यक्त गरेको छ।
प्रकाशित: २९ फाल्गुन २०८० १७:५५ मंगलबार