काठमाडौंमा जन्मेकी रविना महर्जनको संघर्ष कुनै दुर्गमकी महिलाका भन्दा कमी थिएन। परिवारमा बुबा कुलतमा फसेपछि सुरु भएको चरम गरिबीसँग जुध्दै रविना हुर्केकी थिइन्।
काठमाडौंको बाफलस्थित ज्ञानोदय माविबाट विद्यालयीय शिक्षा पूरा गरेकी उनलाई शिक्षकले दिएको हौसलाकै कारण उनले भविष्यमा शिक्षक नै बन्ने सपना देखिन्। च्यातिएको कापीसमेत किन्न नसकेर विद्यालयबाट पटकपटक निकालिनुपर्ने अवस्थाकी रविना अहिले समुदायकै गर्व बनेकी छन्।
उनी जुन विद्यालय जान्छिन्, त्यहाँ विद्यार्थीकेन्द्रित शिक्षा दिएर लोकप्रिय हुन्छिन्। विद्यार्थी, अभिभावक र शिक्षकबिच निरन्तरको अन्तक्र्रियाले उनले खाली विद्यालयलाई भर्ने गरेकी छन्।
२०७६ सालमा शिक्षक सेवा आयोग पास भएपछि उनको पदस्थापन काठमाडौंस्थित मनमैजु माविमा भयो। क्षमताकै आधारमा एक वर्षभित्रै उनी प्रधानाध्यापक बनिन्। कतिसम्म भने पछिल्ला आधा दशकमा उनले ‘इमर्जिङ हेड टिचर’ (ज्यापू सरस्वती पदक) प्राप्त गर्न सफल भइन्।
हालै उनले ‘इन्टिग्रिटी आइकन नेपाल’ सम्मानसमेत प्राप्त गरेकी छन्। आफ्नो कार्यशैलीबारे रविना भन्छिन्, ‘मैले कहिल्यै पनि केन्द्रीकृत निर्णय सुनाउँदिनँ। हरेक कामका लागि म आफैं दौडिन्नँ। काममा स्रोतव्यक्ति परिचालन गर्छु। यसले स्रोतव्यक्तिको नेतृत्व क्षमता निकै बढेको देखेकी छु।
यो पनि पढ्नुहोस्
नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला
प्रकाशित: २५ फाल्गुन २०८० १३:२० शुक्रबार