१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अवसरले सक्षम

गत वैशाखमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारीमा ३७ वर्षीया उपासना पौडेल पुगिन्।

सिइओको जिम्मेवारीमा पुग्ने कम उमेरकी उपासना सानिमा जनरल इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरका रूपमा काम थालेकी हुन्। भारतको दिल्ली युनिभर्सिटीबाट एमबिए उत्तीर्ण गरेकी उनले भारती एएक्सए जनरल इन्स्योरेन्समा सिनियर हेडका रूपमा काम गरिन्।

आइसिआइसिआई लम्बर्ड जनरल इन्स्योरेन्स कम्पनीमा पनि सिनियर मार्केटिङ म्यानेजरका रूपमा काम गरेकी उनले सानिमामा २०१८ अगस्टदेखि २०१९ अक्टोबरसम्म काम गरेपछि उनी युनाइटेडमा जोडिएकी थिइन्।

अप्रिल २०२१ देखि नोभेम्बर २०२२ सम्म उनले युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिन्। युनाइटेड इन्स्योरेन्सको सिइओको जिम्मेवारीमा पुग्दा उनी ३४ वर्षकी मात्र थिइन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App