सरिता खनाल ‘निलसागर सेवा आश्रम’की सञ्चालक हुन्। बर्दियास्थित बढैयाताल–२ शिवशक्तिपुरमा जन्मेकी सरितालाई पढेर राम्रो सरकारी जागिर खाएको देख्न चाहन्थे बुबाआमा।
जापान जाने तयारीमा रहेका एक मात्र भाइ विदुरको २०७२ मंसिर २९ मा सवारी दुर्घटनामा परी ज्यान गएपछि सरिताको जीवनचिन्तन बदलियो। जीवित रहँदा विदुरले सरितालाई सधैं भन्ने गर्थे, ‘दिदी हामीले एकदिन वृद्धाश्रम खोलेर दिनदु:खीको सेवा गर्नुपर्छ है।’ भाइको मृत्युपश्चात् उनले बोलेका यी शब्द सरिताका मनभित्र झनै खेल्न थाले। त्यसपछि उनले वृद्धाश्रम नै खोल्ने निधो गरिन्।
घरको अनुमतिबिना नै २०७३ असोज १२ बाट नेपालगन्जस्थित बिपी चोकनजिकै ‘निलसागर सेवा आश्रम’ औपचारिक रूपमा सञ्चालन गरिन्। ‘सुरुमा नौ जना बुबाआमालाई ल्याएर आश्रम खोलेको अहिले पनि मलाई स्मरण छ,’ सरिता भन्छिन्, ‘त्यो बेला धेरै संघर्ष गरियो।’
आश्रमको मुख्य कार्यालय नेपालगन्जमा मात्रै अहिले दुई सय २५ बालबालिका, असहाय तथा जेष्ठ नागरिकले आश्रय लिइरहेका छन्। नेपालगन्जबाहेक करिब आधा दर्जन ठाउँमा आश्रमका शाखा खुलेका छन्। ‘आश्रम सञ्चालन भएदेखि हालसम्म तीन हजार दुई सय जनालाई हामीले पारिवारिक पुनर्मिलन गराएका छौं।
यो पनि पढ्नुहोस्
नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिलाप्रकाशित: २५ फाल्गुन २०८० १०:३८ शुक्रबार





