१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खेलबाटै पर्यटन प्रवर्धन

ललितपुरस्थित पाटनमा जन्मिएकी ३३ वर्षीय प्रीति खत्री नेपाल ट्रेल सिरिजकी निर्देशक हुन्। उनको परिचय यसमा मात्र सीमित छैन। नेपाल र विदेशी धावकमाझ उनी सफल ट्रेल रेस आयोजना गर्ने महिलाका रूपमा चिनिन्छिन्। उनको अर्को परिचय हो– साहसिक क्षेत्र प्रवर्धक। प्राथमिक तहको शिक्षा काठमाडांैमा सकेपछि भारतबाट विद्यालयीय शिक्षा पूरा गरेकी उनले मेकानिकल इन्जिनियरिङमा स्नातक गरेकी छन्।  

पढाइपछि उनले भारतमा महेन्द्रा अटोमोटिभ विभाग र इन्फोसिस टेक्नोलोजीमा काम गरेकी थिइन्। तर, त्यो क्षेत्र उनको रोजाइमा परेन। सबै छाडेर नेपालमै केही गर्ने लक्ष्य लिँदै उनी देश फर्किन्। २०७२ सालमा गएको भूकम्पपछि उनी स्वदेश फर्किन्।  

सन् २०१६ मा उनी पहिलो पटक ट्रेल रेसमा सहभागी जनाइन्। गोदावरीमा भएको उक्त रेस उनले साढे नौ घण्टामा पूरा गरिन्। मनास्लु ट्रेल रेस र मुस्ताङ ट्रेल रेस उनको सिकाइको माध्यम बन्यो। अनि उनी हिमाल– पहाडमा अप्ठ्यारा बाटामा हुने साहसिक खेल आयोजनाका लागि दक्ष बनिन्। त्यसपछि उनी लामो दुरीको म्याराथन, ट्रेल रेस, अल्ट्रा म्याराथनकी फेलिसिटेटर बनिन्। उनले  

सन् २०१९ मा ‘नेपाल ट्रेल सिरिज कम्पनी’को स्थापना गरिन्। ट्रेल सिरिज स्थापनालगत्तै उनले भोजपुर, रुकुम, राराजस्ता रमणीय स्थानमा ट्रेल रेस सफलतापूर्वक आयोजना गरिन्। नेपाल ट्रेल सिरिज नेपाली धावकका लागि मात्र नभएर विदेशी पर्यटक देश भित्राउने माध्यम बनेको छ।

 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

 

प्रकाशित: २५ फाल्गुन २०८० १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App