१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्व–पश्चिम राजमार्ग: चोरमारा–दाउन्ने खण्ड ठप्प, मध्य रातदेखि हजारौं यात्रुहरूको बिचल्ली

पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने खण्ड आइतबार मध्य रातीबाट अवरुद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका छन्। सोमबार बिहान ६ बजेसम्म पनि राजमार्ग खुलाउन कसैले पहल गरेको छैन्।

सयौंको संख्यामा सवारी साधन राजमार्गमै फसेका छन्। राजमार्गको यो खण्ड नवलपरासी जिल्लामा पर्छ।

सयौ संख्यामा फसेका सवारी साधनमा हजारौको संख्यामा  यात्रुहरू छन्। मध्यरातदेखि नै यस खण्डमा यात्रुहरूको बिचल्ली छ।

पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरू दुवै तर्फ रोकिएका छन्। राजमार्गमा हजारौं यात्रुहरू मध्यरातदेखि बिचल्लीमा पर्दा पनि अवरुद्ध बनेको सडक खुलाउन कसैले प्रभावकारी पहल गरेका छैनन्।

बर्षौदेखि निर्माणाधिन  यो खण्ड  आईतबारको वर्षाका कारण हिलाम्मे भएको छ। ट्रकलगायतका धेरै वजन बोकेका सवारीसाधन त्यही हिलोमा फसेका छन्। यी साधन हटाउन कतैबाट प्रभावकारी पहल भएको छैन्।

ती साधन हटाउन सोमबार बिहान ६ बजेसम्म पनि पहल भएको छैन् जसले गर्दा मध्यरातदेखि यात्रुहरूको बिचल्ली भएको छ।

यसरी फसेका सवारी साधनहरूमा अधिकाशं पूर्व–पश्चिम चल्ने रात्री बसहरू छन्। पूर्वका सहरबाट पश्चिम र पश्चिमका सहरबाट पूर्व जाने सवारी साधनहरू फसेको ठाउबाट पूर्व र पश्चिम जाममा फसेका छन्।

यो सडक खण्ड विस्तारका लागि सरकारले ठेकेदार कम्पनीलाई तीन पटक म्याद थपिसकेको छ। तरपनि अहिलेसम्म सडक विस्तार सकिने मितिको टुडंगो लागेको छैन्।

प्रकाशित: २१ फाल्गुन २०८० ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App