१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

बालिका मृत्यु प्रकरण: घटनाबारे संवेदनशील हुन चितवन प्रहरीको आग्रह

चितवनको विद्यालय होस्टेलमा बालिका मृत्यु प्रकरणलाई लिएर संवेदनशील हुन चितवन प्रहरीले आग्रह गरेको छ।

घटनाको तथ्य परक वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटना लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु उठेपछि प्रहरीले घटनालाई अतिरञ्जित पार्ने कुनै पनि पोष्ट नगर्न शनिबार विज्ञप्ति मार्फत आग्रह गरेको हो।

गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको अन्तिम रिर्पोट आइनसकेको र घटना अहिले पनि अनुसन्धानकै क्रममा सञ्चारमाध्यम प्रेषित समाचार र सामाजिक सञ्जालमा पोष्ट भएका सामाग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए।

‘बालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेशगत मूल्यमान्यता दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको र वैज्ञानिक प्रयोग तथा प्रविधिको विश्लेषण समेतको आधारमा तथ्य परक वस्तुनिष्ठा अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णलाई विश्वास दिलाउदछौँ’–जारी विज्ञप्तिमा भनिएको छ।

मृतक बालिकाको परिवारले चितवनमा पोष्टमार्टम गर्न शंका लागेपछि काठमाडौँको टिचिङ अस्पतालमा पोष्टमार्टमको लागि लगेको हो।

अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय टाँडीले पोष्टमार्टमको रिपोर्ट आउन समय लाग्ने भएकोले सोमबारसम्म रिपोर्ट आएपछि अनुसन्धान थप अगाडि बढ्ने जनाएको छ।

उनको शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगन्ज टिचिङ अस्पतालमा राखिएको छ। बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखिने भएको छ।

प्रकाशित: १९ फाल्गुन २०८० १८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App