२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सेवाग्राही लुट्दै कालीकोट विद्युत वितरण केन्द्र

जिल्लामा रहेको विद्युत वितरण केन्द्र कालीकोटले ग्राहकलाई झुक्याउँदै लुट्ने गरेको पाइएको छ। कार्यालयबाट मिटर रिडिङ्ग गर्न पुग्ने प्राविधिकले ग्राहकको मिटर बन्द भए नभएको समयमै जानकारी नदिई ग्राहकलाई झुक्याउँदै लुट्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

कालिकोटको खाँडाचक्र नगरपालिक मान्मका नन्द बहादुर शाहीले महिना पिछे मिटर रिडिङ  गरेको ५० रुपैया तिर्दै आएका छन्। शाहीले एक्कासी २४ महिनापछि आफ्नो मिटर बन्द भएको थाहा पाए। महिनाको मिटर रिडिङ्गको पैसा तिर्ने शाहीलाई मिटर रिडिङगर्ने प्रविधिकले समयमै जानकारी नदिदा उनले २४ महिनाको १९ हजार तिनुपरेको छ।

आफूले प्रत्यक महिनाको ५० रुपैयाँ तिर्दै आएको बताउने शाहीले २४ महिनापछि मिटर बन्द भएको भन्दै १९ हजार तिनुपरेको बताए। उनले भने, ‘हामीलाई त थाहा भएन मिटर रिडिङ्ग गर्ने प्राविधिकले समयमा जानकारी पनि दिएनन्। एक्कासी मिटर रिडिङ्ग गरेर बन्द भएको छ भन्दै लाइन काटेपछि थाहा पाएर पैसा तिरेको हुँ।’ 

नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमागई प्रविधिकले मिटर चल्ने नचल्नेको जानकारी दिनुपर्ने ठाउँमा जानकारी नदिई लाइन काट्ने गरेको ग्रहाकको गुनासो छ।

विद्युतका ग्राहकको घरमा रहेको मिटर रिडिङ्ग गर्दा समयमै जानकारी दिनुपर्ने हुन्छ। समयमै जानकारी नदिई दुई वर्ष पछि जानकारी दिएको पाइएको छ। उनी जस्तै धेरै ग्राहकको घरमा अहिले कसैले १८ हजार, कसैले २९ हजारसम्म तिनुपर्ने बाध्यता रहेको स्थानीय हिक्मतजंङ मल्लले बताए।

कालीकोटका नागरिकले मिटर रिडिङगर्ने प्रविधिकले चासो नदिदा धेरै पैसा तिनुपरेको बताउदै आएका छन्। उनी मात्र नभई मान्मकै राजु कार्की,एैनबहादुर बमको पनी अवस्था उस्तै छ। मिटरमात्र राख्न सक्ने सेवाग्रहाको घरमा पटकपटक मिटर  रिडिङगर्दा सुझाव दिनुपर्ने उनीहरुको भनाइ छ।

विद्युत् वितरण केन्द्र कालीकोटका प्रमुख विमल प्रसाद शाहाका अनुसार यो आफूहरुले प्रविधिकलाई मिटर रिडिङ्ग गर्ने जिम्मा दिएको बताए। उनले विद्युत् वितरणको नियमावली अनुसार कारवाही गरेको बताए।

प्रकाशित: १८ फाल्गुन २०८० ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App