१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल र स्कार्पियो ठोक्किदा दुई जनाको मृत्यु

सर्लाहीमा स्कार्पियो  जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रौतहटको माधवनाराय नगरपालिका ६ का २० वर्षीय अजय महतो र २५ वर्षिय सियानन्द महतो रहेका छन्।

प्रहरीका अनुसार गयराति ९ः१५ बजेतिर मलङ्गवाबाट एसआर ५९ ए ०१३१ नम्बरको स्कार्पियो जिपमा विपरित दिसाबाट आउदै गरेको बिआर ०६ सिवाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा महतोद्वय गम्भीर घाइते भएका थिए।

घाइते दुबैजनाको तत्काल उद्धार गरी मलङ्गवास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगञ्जस्थित हेल्थ केयरमा पठाइएको थियो। उपचाररत दुबैजनाको राति नै करिब १ बजे मृत्यु भएको प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए।

स्कार्पियो चालक फरार रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको एसपी ज्ञवालीले बताए।

दुबै सवारी चालकले रक्सी सेवन गरेर चलाएको तथा मोटरसाइकल चालकले हेलमेट समेत नलगाएको गम्भीर घाइते भएको प्रहरीको भनाइ छ।

प्रकाशित: १५ फाल्गुन २०८० १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App