१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आज देशभर आंशिक बदली, यी प्रदेशमा हिमपात

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रही विभिन्न भू भागमा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  

अघि बिहान ६ बजे महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।  

यस्तै मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  

महाशााखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८० फाल्गुन १५ गते (मङ्गलवार)

दिउँसोः देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन १५ गते (बुधवार)

दिउँसोः देशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १४ फाल्गुन २०८० ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App