१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सुनसरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

सुनसरीको इटहरी उप-महानगरपालिका-१ स्थित भित्री सडक खण्डमा आज बिहान प्रदेश १-०२-०५० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको कल्भटबाट तल झरेर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका-६ का ४२ वर्षीय चित नारायण माझीको घटनास्थलमै मृत्यु भएको छ।

त्यसैगरी आज दिउँसो  सुनसरीकै इटहरी उप-महानगरपालिका-५ स्थित पूर्व पश्चिम लोक मार्गमा प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटर ना.६ ख ६५७५ नम्बरको ट्रकमा ठक्कर लागि दुर्घटना हुँदा घाइते भएका स्कुटर चालक इटहरी-५ का रबिन राईको धरान घोपामा उपचारको क्रममा क्रममा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका-९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App