१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

चोरी गरी भाग्दै गरेका दुई चाेर पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-३ मा सोही स्थान बस्ने भुवन खत्रीको घरमा दराज फुटाई चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ओखलढुंगा घर भई हाल काठमाण्डौं टेकु बस्ने १९ वर्षीय राजेश भुजेल र काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं- ६ बस्ने १८ वर्षीय समीर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ती युवाहरूको साथबाट सुन जस्तो देखिने धातुका गर–गहनाहरू तथा नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत वसन्त पाठकले जानकारी दिए।

उनीहरूबाट सुनको चुरा– ३ थान, सुनको चन्द्रमा- १ थान, सुनको औँठी - १ थान, सुनको नेक्लेस- १ थान, सुनको कानमा लगाउने मुन्द्रा-१ थान, तिलहरी- १ थान, सुनको पुतली- १ थान, सुनको रानीहार- १ थान,. चाँदीको पाउजु- १ जोर, नगद रकम एक हजार दुई सय ६६ रुपैयाँ र ताल्चा फुटाउन प्रयोग गर्ने फलामको छिनो- १ थानसहित बरामद भएको छ।

उनीहरुलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०८० १९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App