१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

मिटरब्याजपीडित आज ‘सिंहदरबार मार्च’ मा

पूर्व मेची र सुदूरपश्चिमको महाकाली (गड्डाचौकी) बाट ‘न्याय मार्च’ मा निस्किएका मिटरब्याजपीडित आज ‘सिंहदरबार मार्च’ मा निस्किएका छन्। माघ १६ बाट पैदल यात्रामा निस्किएका पीडितहरू बुधबार थानकोट हुँदै राजधानी छिरेका थिए। दुई रात चन्द्रागिरिको त्रिभुवन पार्कमा बिताएपछि आज बिहान सिंहदरबारतर्फ सोझिँदै यात्रामा निस्किएका हुन्।

हिजो मौसम खराबीका कारण पीडितहरू चन्द्रागिरिमै रोकिएका थिए। अहिले पीडितहरूको मार्च नैकाप, सतुंगल हुँदै कलंकी पुग्न लागेको छ।

‘सरकारले नियत नै आलटाल गरेर सुदखोर जोगाउने हो। पीडितका माग वास्तविक रुपमा सम्बोधन गर्नुको साटो राज्य नै सुदखोर जोगाउन लागेपछि हाम्रो गन्तव्य सडक नै हो’, आन्दोलनरत मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘त्यसैले पूर्वपश्चिमका पीडितका मागको प्रतिनिधित्व गर्दै पैदलै देशको सीमाबाट सिंहदरबारलाई आफ्ना पीडा सुनाउन आएका हौं।’

पीडितहरूले माघ १६ बाट पूर्व मेची पुल र सुदूरपश्चिमको कञ्चनपुर गड्डाचौकीबाट ‘न्याय मार्च’ थालेका थिए। आज २५ औं दिन चलिरहेको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App