१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीरगञ्जमा जारी कर्फ्यू ४ घन्टाका लागि खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।

सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आज बिहान ६ बजेदेखि १० बजेसम्म ४ घन्टाका लागि कर्फुयू आदेश खुला गरिएको बताए।

उक्त समयपश्चात स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश अर्को आदेश जारी नभएसम्मका लागि यथावत रहने प्रजिअ भुसालद्वार  जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८० ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App