१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रजातन्त्र दिवसमा ३७ पिन्ट रगत संकलन

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको त्रिदिवसीय कार्यक्रमअन्तरगत सोमबार आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, निजामती कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले रक्तदान गरेका थिए।

बेनी अस्पतालभित्र रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभावकै कारण बिरामी उपचारमा समस्या भएको जानकारी पाउनेबित्तिकै रक्तदानका लागि दाता तत्काल पुग्ने गरेका छन्।

म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ। निःशुल्क रक्तदान र रगत प्रयोग गर्ने बिरामीले शुल्क तिर्नु पदैन।

डेढ दशकयता रगतकै अभावका कारण म्याग्दीमा कुनै पनि बिरामीले मृत्युवरण गर्नुपरेको छैन।

यसैबीच बेनी अस्पतालमा रहेका १७ जना बिरामीलाई फलफूल वितरण गरिएको थियो। यसैगरी सरसफाइ, ज्येष्ठ नागरिकलाई फलफूल वितरणसमेत गरिएको छ। २००७ फागुन ७ गते राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ।

प्रकाशित: ७ फाल्गुन २०८० १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App