२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नागरिककर्मी रेखा भुसाल सम्मानित

संचारको क्षेत्रबाट नगरको विकासमा योगदान पुर्‍याएको भन्दै बुटवल उपमहानगरपालिकाले नागरिककर्मी रेखा भुसाललाई सम्मान गरेको छ।

उपमहानगरले आफ्नो ६५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नागरिक दैनिकका बुटवल संवाददाता भुसाललाई १० हजार नगद सहित सम्मान गरेको हो।

नगरप्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रा देवी अर्यालले भुसाललाई नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरे।

उपमहानगरपालिकाले पत्रकारहरु माधव नेपाल, विनोद परियार, कल्पना तिवारी, केशव भण्डारीलाई पनि सम्मान गरेको छ।

उपमहानगरको स्थापना दिवसमा नगरको विकासमा भूमिका खेलेका विभिन्न क्षेत्रका व्यक्तिहरू, उत्कृष्ट करदाता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो।

स्थापना दिवसको अवसर पारेर आयोजीत विभिन्न खेलकुद प्रतियोगिताहरू, लोकनृत्य प्रतियोगिता तथा झाकी प्रदर्शनमा उत्कृष्ट भएकाहरुलाई पनि नगदसहित शिल्ड प्रमाणपत्र प्रदान गरियो।

प्रकाशित: ३ फाल्गुन २०८० २१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App