१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बालिका बलात्कार आराेपमा पक्राउ परेका निकेशलाई ७ दिन थुनामा राख्न अनुमति

आरोपित निकेश यादव ।

लहानमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका सुखीपुर नगरपालिका-२ का १८ वर्षीय निकेशकुमार यादवमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु भएको छ।

लहान नगरपालिका-१ मा अरुण यादवले भाडामा लिएको घरमा निकेशले ललाइफकाइ ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

यादवमाथि जबरजस्ती करणी मुद्दामा बिहीबार जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद लिइएको सिराहा प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिए।

सुखीपुर नगरपालिका-२ विद्यानगरकी बालिकालाई चिनजानका निकेशले सरस्वती पूजा कार्यक्रम हेर्न ललाइफकाइ लहानमा ल्याएर साथी अरूणको डेरामा लगेका थिए। त्यहाँ उनीमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार बुधबार दिउँसोको घटना प्रहरीलाई अबेर राति मात्र जानकारी भएको थियो। जानकारी आएपछि प्रहरीले तत्काल आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको डिएसपी पाण्डेले बताए।

बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण बेहोस भएकी बालिकाको लहानस्थित सप्तऋषि अस्पतालमा प्राथमिक उपचारपछि नोबेल अस्पताल विराटनगर पठाइएको थियो।

परिवारजनको निगरानीमा उपचार पछि बालिका बिहीबार साँझ घर फर्केको परिवारलाई उद्धृत गर्दै डिएसपी पाण्डेले बताए।

बलात्कार आरोपित युवक निकेशलाई पक्राउ गरी स्वास्थ्य परीक्षण गरिएको छ। इलाका प्रहरी कार्यालय लहानले घटना अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले बताए।

प्रकाशित: ३ फाल्गुन २०८० २१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App