१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पाँच किलो चरेस सहित २ महिला पक्राउ

चरेस ढुवानीमा भरियाका रुपमा महिला कै प्रयोग

सीमावर्ती क्षेत्र कृष्ण्नगर बजारमा भारत लैजान लगिएको अवस्थामा ५ किलो बढी चरेस सहित दुई महिला पक्राउ परेका छन्।

नेपालबाट भारत तर्फ जाँदै गरेकी रोल्पा दुईखोली गाउँपालिका-१ घर बताउने ३३ बर्षिया रश्मी बुढा र ४३ बर्षिया तुलसा रोका मगरको साथबाट सो परिमाणको चरेस बरामद गरिएको हो।

कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कबाट बुढालाई ३ किलो १३८ ग्राम र मगरको साथबाट १ किलो ८२६ ग्राम चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रहरी निरीक्षक लक्षण ओलीले जानकारी दिए।

दुवै जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक ओलीले बताए। चरेस पहाडबाट जिल्लाका नाका हुँदै भारत तर्फ निकासी हुने गरेको छ।

लागु औषधका कारोबारीहरूले चरेस ढुवानीका लागि महिलाहरूलाई भरियाका रुपमा प्रयोग गर्ने गरेका छन्। नाका कटाई भारतसम्म चरेस पुर्‍याए बापत कारोबारीले महिलाहरूलाई अतिरिक्त रकम समेत दिने गरेको प्रहरीले जनाएको छ।

चरेसका ढुवानी गर्ने अभियुक्त पक्राउ परे पनि कारोबारी भने उम्किने गरेको छन्। प्रहरी उपरीक्षक नवरत्न पौडेलले चरेस ढुवानीमा महिलाहरु नै धेरै प्रयोग गर्ने गरिएको बताए। उनले चरेस लगायताका लागु औषध नियन्त्रणकालागि आफुहरुले नाकाहरु मै विशेष निगरानी बढाइएको जनाए।

प्रकाशित: १ फाल्गुन २०८० १६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App