१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आठ वर्षदेखि अस्पतालमै अजित मिजारको शव: ‘न्याय पाए छोराको किरिया गर्‍थ्यौँ’

काभ्रे पाँचखाल– ७ होक्सेकी ४८ वर्षीया काली मिजारका करिब आठ वर्ष अस्पतालमा राखिएको छोराको शव सम्झिँदै बितेका छन्। छोरा अजितको काजकिरिया गर्न पाएको भए आत्माले शान्ति पाउँथ्योे र आफूलाई पनि केही शान्ति हुन्थ्यो कि भन्ने तर्कना गर्दै उनका रातदिन बितेका हुन्।

न्याय नपाए छोरालार्ई अन्याय हुने भएकाले अहिलेसम्म किरिया गर्न नसकेको उनले बताइन्। छोराको आत्महत्या नभई हत्या भएकाले न्याय नपाएसम्म किरिया नगर्ने उनको अडान कायमै छ। अजितको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा छ।

अन्तरजातीय विवाह गरेपछि २०७३ असार २९ गते काभ्रेको तामाघाट बजारबाट बेपत्ता भएका १८ वर्षीय अजितको शव धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा फेला परेको थियो। त्यसयता आमा कालीको दिनरात पिरैपिरमा बितेका छन्।

अजितको पराजुली थरकी युवतीसँग पे्रम थियो। दुवैजना एउटै स्कुलमा पढ्थे। दुवैले एसएलसी परीक्षा पास गरेका थिए। २०७३ असार २५ गते अजित र उनकी प्रेमिका भनिने युवती भागेर भक्तपुर आएछन्। दिनभर मकै भाँच्न खेतमा गएकी कालीलाई बेलुका घर फर्केपछि मात्र उनीहरू भागेको थाहा भयो।

अर्को दिन केटी पक्षका मानिस कालीको घरमा गएर छोरा निकाल् भन्दै धम्क्याए। युवतीकी दिदीले पनि छोरा ननिकाले राम्रो नहुने भन्दै धम्की दिएको कालीले स्मरण गरिन्। केही हुने हो कि भनेर आत्तिएकी उनले फोन गरेर छोरालाई बोलाइन्।

२६ गते अजित ती युवती लिएर घर गए। त्यो रात पनि युवतीका बाबुले फोेन गरेर कालीलार्ई धम्की दिए। युवतीले बाबुको बानी त्यस्तै हो भनेर कालीलाई सम्झाइन्। युवती पक्षले भोलिपल्ट प्रहरी चौकीमा बोलायो। अजित, युवती र काली प्रहरी चौकीमा पुगे। त्यहाँ युवती पक्षका मानिस पनि थिए।

ती युवतीले सिन्दुर, पोते लगाएकी थिइ्न। युवतीकी दिदीले ‘जुत्ता सिलाउने सार्कीसँग विवाह गरेको’ भन्दै सिन्दूर मेटिदिइन्, पोते छिनाइदिइन्। युवतीकीे भाउजूले ‘खाते’सँग बिहे गर्ने भन्दै गाली गरिन्। अजित १९ वर्ष र ती युवती १७ वर्ष पुगेको विषयमा पनि प्रहरी चौकीमा छलफल भयो।

कालीका अनुसार प्रहरीकै सामुन्ने युवतीको दिदीले अजितलाई ‘तँलाई ७ लाख खर्च गरेर पनि माटोमाथि हिँड्न दिन्न’ भनेर धम्क्याइन्। कालीले धुलिखेल जाम भनिन्। त्यसपछि धुलीखेल जाने भनेर प्रहरीले सबैलाई गाडीमा राख्यो। धुलिखेल नपुग्दै प्रहरीले बीच बाटोमै सबैलाई गाडीबाट ओरालेर कागजमा सही गरायो। युवतीलाई जबर्जजस्ती बाइकमा राखेर माइती पक्षले लग्यो।

भोलिपल्ट फेरि अपरिचित व्यक्तिले आफूलाई वकिल भन्दै कालीलाई फोन गरेर ‘तेरो अजित कहाँ गयो’ भनेर सोधे। कालीले अजित पढ्न तामाघाट गएको भनिन्।। फोन गर्नेले धम्कीपूर्ण शैलीमा फेरि ‘तेरो अजितले अब पढ्न पाउँदैन, तेरो छोरालाई बलात्कार केस लाग्छ’ भनेको काली बताउँछिन्।

असार २९ गते रोपाइँ थियो। काली अजितलाई घरमै बस्न भन्दै आफू रोपाइँमा गइन्। उनका पति पहिल्यै खेतमा गइसकेका थिए। काली खेतमा जानुअघि अजितले मोबाइल रिचार्ज कार्ड किन्न भन्दै पैसा मागे। कालीले एक सय रूपैयाँ दिइन्। साँझ मेलाबाट सबै घर आए। तर अजित घरमा थिएनन्।

रात बित्यो अजित घर फर्किएनन्। अजितको फोन घरमै थियो। भोलिपल्ट काली तामाघाटतिर अजितलाई खोज्न गइन्। तर अजित भेटिएनन्। खोजी गर्दागर्दै साउने संक्रान्ति आयो। संक्रान्तिको दिन घरमा पाहुना आएका थिए। काली अजितलाई खोज्न फेरि तामाघाट गइन्। एक मासु पसलेको छोरा अजितको साथी थियो।

साँझ मासु पसलेले धादिङको फुर्केखोलामा झुन्डिएर मानिस मरेको कुरा फेसबुकमा आएको बताए। मिजार परिवार धादिङ पुग्यो। झुन्डिएको अवस्थामा फेला परेको शव अजितको रहेछ। तर प्रहरीले बेवारिसे भन्दै शव गाडिसकेको रहेछ।

अजितका बाबु हरिभक्तका अनुसार साउन २ गते बिहानै उनी धादिङ प्रहरीमा पुगे। आफू अजितको बुवा भएको भन्दै उनले प्रहरीसँग शव मागे। प्रहरीले पोस्टमार्टमा गरेर वेवारिस शव भन्दै पुरिसकेको बतायो। मिजार परिवारले निकाल्न भन्दा प्रहरीले नमिल्ने जवाफ दियो।

शव पशुपति आर्यघाट लगेर जलाउँछौ भनेपछि बल्ल प्रहरीले निकाल्न दियो। प्रहरीले पोस्टमार्टम रिपोर्ट बनाइसकेको थियो। पोस्टमार्टम गरिएको भने पनि शव कतै चिरेको नपाइएपछि परिवारलाई शंका लाग्यो। शव पुनः पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगियो।

सुरुमा अस्पतालले शव लिन मानेन। सरकारी वकिल र दलित अधिकारकर्मीको दबाबपछि पोस्टमार्टम भयो। पोस्टमार्टम गर्ने चिकित्सकले आत्महत्याको रिपोर्ट बनाइदिए। हरिभक्तका अनुसार धादिङमा पोेस्टमार्टम गर्नेको आफन्त त्रिवि शिक्षण अस्पतालमा पनि भएकाले सुरुमा शव लिन इन्कार गरिएको थियो।

अजितले आत्महत्या गरेको मान्न मिजार परिवार तयार भएनन्। मिजार परिवार अजितको हत्या गरिएको निष्कर्षमा पुग्यो। तिनै युवतीका माइती पक्षले अजितको हत्या गरेको भन्दै मिजार परिवारले भोजबहादुर पराजुली, टेकबहादुर पराजुली र सम्झना पराजुलीविरुद्ध जाहेरी दिए। उनीहरूविरुद्ध जिल्ला अदालत धादिङमा मुद्दा दायर भयो। आरोपित धरौटीमा छुटे। २०७५ सालमा जिल्ला अदालत धादिङले आरोपितलाई सफाइ दियो।

अदालतको फैसलापछि मिजार परिवार विचलित बन्योे। मिजार परिवारले फेरि उच्च अदालतन पाटनमा मुद्दा दायर ग¥यो। उच्च अदालत पाटनले पनि गत वर्षको चैतमा जिल्ला अदालत धादिङकोे फैसला सदर ग¥योे। पुनरावेदनको फैसला पछि मिजार परिवारमा थप बेचैनी बढ्यो।

छोराको आत्महत्या नभई हत्या नै भएको दाबी गर्दै मिजार परिवारले २०८० वैशाखमा सर्वोच्च अदालतमा मुद्दा हाल्योे। मुद्दामा फैसला आएको छैन। ‘सर्वोच्चबाट पनि न्याय मिलेन भने म यत्तिकै मर्नु,’ कालीले भनिन्। सर्वोच्चले पनि न्याय दिएन भने अन्तर्राष्ट्रिय अदालतलमा जाने हरिभक्तले बताए।

सर्वोच्च अदालतले प्रमाण खोजी गरेमा अजितलाई न्याय मिल्ने काली र हरिभक्त बताउँछन्। ‘मेरो छोरालाई वकिल बनेर फोन गर्ने र केटीको हात हेर्दै तेरो केटा (अजित) को तीन दिनभित्र मर्ने ग्रह छ भन्नु, केटीकी दिदीले सात लाख रूपैयाँ खर्च गरेर भए पनि तँ (अजित) लाई जमिनमा हिँड्न दिन्न भन्नु आफैंमा प्रमाण हो,’ कालीले भनिन्, ‘तामाघाटमा घेराउ गर्ने पनि उनीहरू, फोन गर्ने पनि उनीहरू, मेरो छोरालाई आत्महत्या गर्न धादिङ जानुपर्ने कारण नैै छैन। माइती पक्षले सार्की खातेसंग बिहे गरिस् भन्दै युवतीलाई गाली गर्नुले पनि अजितको हत्या भएको हो।’

अहिलेसम्म न्याय नमिल्नुको पछाडि पाँचखाल प्रहरीदेखि धादिङ प्रहरीसम्मकोे मिलेमतो हुनु, अदालत यो विषयमा गम्भीर नहनु, न्यायिक प्रक्रियामा पहुँच र पैैसाको चलखेल हुनु जस्ता कारण रहेको मिजार परिवार बताउँछ। ‘एउटा मान्छे हरायोे या मरेको फेला परेमा प्र्रहरीले कति दिनसम्म सबैतिर सूचना जारी गर्नुपर्छ ? किन भोलिपल्टै मेरो छोराको शव गाडियो ?’ योे पनि प्र्रमाण हो,’ कालीले भनिन्।

कालीका अनुसार अजितले समयमै न्याय पाएको भए पश्चिम रुकुममा अन्तरजातीय विवाहका कारण नवराज विकसहित ६ जना मारिने अवस्था आउँदैनथ्यो। अजितको किरिया नभएकाले मिजार परिवारले आठ वर्षसम्म कुनै चाडपर्व मनाएको छैन। कालीले भनिन्, ‘अजितको हत्या भएको आठ वर्ष पुग्न लाग्यो, अहिलेसम्म न न्याय पायौंै, न शान्ति, किरिया पनि गर्न सकेका छैनौं।’

प्रकाशित: २८ माघ २०८० ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App