१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

एक महिनापछि खुल्यो गरुडा नगरपालिकाको ताला

रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा लगाइएको ताला एक महिना पछि खुलेको छ।

नगरप्रमुख र उपप्रमुखबिच विवाद हुँदा उपप्रमुख पुनमकुमारी चौधरीको नेतृत्वमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले एक महिना अघि नगरपालिकाको कार्यालय तथा अन्य शाखाहरुमा ताला लगाएका थियाे।

जिल्ला प्रशासन कार्यालय रौतहटमा मंगलबार दुवै पक्षबिच भएकाे छलफलपछि ताला खोल्ने सहमति भएको हो।

नगर उपप्रमुख पुनमकुमारी चौधरीको नेतृत्वमा विभिन्न छ बुँदे माग राख्दै ताला लगाइएकाे थियाे। फलस्वरुप  विगत एक महिनादेखि नगरको कामकाज ठप्प रहे।

विभिन्न चरणमा दुवै पक्षबिच वार्ता भएपनि कुनै निष्कर्ष निस्किएको थिएन। लामो समयको खिचातानीपछि मंगलबार भने सहमति जुरेको हो।

गत आर्थिक वर्ष २०७९/८० मा भएको आय व्ययको विवरण तथा बजेट बोर्डको बैठकबाट पास हुनुपर्ने, कार्यपालिकाको बैठक महिनामा एक पटक बस्नुपर्ने, कृषि तथा स्वास्थ्यको क्षेत्रमा भएको खर्च बैठकमा प्रस्तुत गर्नुपर्ने, कर्मचारीहरुको भर्ना खोली नियमानुसार भर्ना गर्नुपर्ने र भुक्तानी दिन बाँकी कर्मचारीको तलब खुवाउनुपर्ने लगायतका सहमतिपछि ताला खाेलिएकाे सहमति भएको उपप्रमुख चौधरीले जानकारी दिइन्।

प्रकाशित: २२ माघ २०८० २०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App