२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीबाट कार जलेर नष्ट

कपिलवस्तुको दुई छुट्टै स्थानमा आगलागी हुँदा धनमाल नष्ट हुनुका साथै कार समेत जलेर नष्ट भएको छ।

मंगलवार राति बिद्युत सट भई भएको आगलागीबाट महाराजगंज नगरपालिका–२ गैडहवा बस्ने राम चन्द्र कँहारको १४ लाख बढी धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा अन्नपात, लत्ताकपडा, फर्निचरका सामानहरू, सुन चाँदीका गरगहना, इलेक्ट्रिक सामान गरी करिब १४ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो। दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको प्रयासले निभाइएको थियो।

यसैगरी नगरपालिका–२ पुरानो बसपार्कमा पार्किङ गरी राखिएको एमएचइएस ७३३४ नम्बरको कारमा अचानक आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको छ। बिजयनगर गाउँपालिका–३ पत्थरदेहिया घर भएका ईसरार खाँको कार जलेर नष्ट भएको थियो। दमकल र सुरक्षाकर्मीको प्रयासले आगो निभाइएको थियो। 

प्रकाशित: १७ माघ २०८० ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App