२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विकल र सुनिलको सिँगापुरस्थित बैङ्क खातामा रकम जम्मा भएको खुलासा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलले सिँगापुरमा रकम जम्मा गरेका छन्। 

भ्रष्टाचार गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगको हिरासतमा रहेका पौडेलद्वयले सिंगापुरमा रहेको ब्यानकोटेक नामको कम्पनीले रकम जम्मा गरेको प्रमाण फेला परेको हो। 

अख्तियार उच्च स्रोतबाट प्राप्त विवरण अनुसार सुनीलको ३८०–९४८३१०८ नम्बरको खातामा २ जनवरी २०२२ मा ५८ हजार अमेरिकी डलर जम्मा भएको छ।

जुन सिंगापुरकै ब्यानकोटेक नामक कम्पनीले स्ट्यान्डर्ड चार्टर्ड बैङ्क हुँदै उनको खातामा रकम जम्मा गरेकाे देखिन्छ।

त्यस्तै, ६ डिसेम्बर २०२१ मा अमेरिकाको इन्स्टासेफ नामक कम्पनीले बैङ्क अफ अमेरिका हुँदै उनको खातामा ७७ हजार पाँच सय ४५ अमेरिकी डलर जम्मा गरेको छ । २ अगस्ट २०२१ मा अमेरिकाको इन्स्टासेफबाटै २४ हजार नौ सय ९५ र २५ अगस्ट २०२१ मा ४७ हजार सात सय ४५ डलर जम्मा भएको छ ।

त्यसैगरी सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलको अमेरिकाको इन्स्टासेफबाट ३८०–९४७२०८४ नम्बरको खातामा २ अगस्ट २०२१ मा २४ हजार नौ सय ९५ डलर जम्मा भएको देखिएको छ। २४ मार्च २०२१ मा ब्यानकोटेकले उनको खातामा रेमिट्यान्सका रूपमा ५० हजार अमेरिकी डलर जम्मा भएको स्रोतले जनाएको छ। 

गत ३ वैशाखमा उनीहरुसहित नौविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा अहिले पनि चलिरहेको छ।  पाँच वर्ष यता हरेक सरकार मन्त्री भएका बेला उनीहरूले शक्ति केन्द्रलाई रिजाएर गैर कानुनी सम्पत्ति आर्जन गरेको देखिन्छ।

उनीहरूले नेपाल राष्ट्र बैङ्कको स्वीकृति बेगर विदेशी बैङ्कमा खाता खोलेर रकम जम्मा गरेको प्राप्त नागरिकन्यूजलाई प्राप्त भएको हाे। पौडेलद्वय उपर गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।

दुवै जनाले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिबेगर विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको र नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी गर्दै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार दुवै जनालाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो। अख्तियारले अनुसन्धानका लागि हिरासतमै राख्न म्याद थपका लागि दुवै जनालाई बिहीबार अदालतमा बिहीबार अदालतमा पु¥याएको थियो।

दुवै जनालाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान गर्ने वा थुनाबाहिरै राखेर अनुसन्धान गर्ने भन्ने विशेष अदालतले निर्णय दिने भएको छ। 

विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुर सम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएकाले पक्राउ पुर्जी दिई हिरासतमा लिइएको अख्तियारले जनाएको छ।

‘अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई २०८० माघ १० मा नियमानुसारको जरुरी पक्राउ पुर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ’ अख्तियारले भनेको छ।

विशेष अदालतमा म्याद थपका लागि लगिएका पौडेलद्वयले आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थप समेत गर्नु कानुन विपरीत भएको दाबी गरेका थिए । विशेष अदालत पुराइएका पौडेलद्वयले कानुन व्यवसायी राखेर बहस गर्नुपर्ने माग राखेका थिए। त्यसपछि विशेष अदालतले हिरासतमा राख्ने नराख्ने विषयमा दुवै पक्षबाट बहस गराउने भएको प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका थिए। 

नागरिकन्यूजलाई प्राप्त रकम जम्मा भएका प्रमाणहरू

प्रकाशित: १२ माघ २०८० ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App