काभ्रे- काभ्रे कारागारमा रहेका कैदी बन्दीहरुले जेल भित्र प्रदर्शन गरेका छन्। उनीहरुले जेल प्रशासन र नाइके, भाइ नाइकेको ज्यदती र राशनमा घोटाला भएको भन्दै नाराबाजी गरेका हुन्। बन्दीहरुले जेल भित्रबाट तालाबन्दी गरेका छ्न। प्रमुख जिल्ला अधिकारी र काभ्रे प्रहरी प्रमुख वार्ताका लागि जेल पुगे पनि उनीहरूले छिर्न दिएका छैनन्।
बन्दीहरुको रासन लगायतका सुविधामा अनियमितता भएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।
प्रकाशित: २१ फाल्गुन २०७४ ०९:२२ सोमबार