जनकपुरधाममा बजार बन्द गराउन खोजेको केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जनकपुरधामको रामानन्द चोकमा चक्का जाम र बजार बन्द गराउन खोजिरहेका करिब २०/२५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो।
मिटर ब्याजीको ऋण मिनाहा गराइ दिने भन्दै बजार बन्द गराउन खोजेको बेला एक समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
प्रकाशित: ११ माघ २०८० ०३:५६ बिहीबार