१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सरकारद्वारा एनआरएनए निर्वाचनसम्बन्धि छानविन समिति गठन

सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनसम्बन्धि विवाद समाधानका लागि छानविन समिति गठन गरेको छ।

बुधवार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनआरएनए आइसीसीको निर्वाचन सम्बन्धि उजुरीमाथि छानविन गर्न सहन्यायाधिवक्ता धु्रवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव एक जना रहने गरी छानविन समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिएकी हुन्।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गरिसक्ने कार्यादेश दिइएको छ। 

प्रकाशित: १० माघ २०८० १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App