११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बाँकेका अर्जुन, जो २०० किलोमिटर पैदल यात्रा गरेर अयोध्या पुगे

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन आज भव्य समारोहकाबीच हुँदैछ। भगवान रामको मन्दिरमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्राण प्रतिष्ठाको कार्यक्रम सम्पन्न हुनेछ।

राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको भन्दै पूजाको समय ४० मिनटको रहेको बताएको छ।

ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम दिउँसो १२ः३५ (भारतीय समय अनुसार १२ः२० देखि १ बजे) बजेदेखि सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ।  

बीबीसीका अनुसार प्राण प्रतिष्ठाका लागि नेपालको बाँके जिल्लाका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका छन्।  

१५ जनवरीमा उनले आफ्नो पैदल यात्रा सुरु गरेका थिए। राम मन्दिरको उद्घाटनका दिन भगवान रामको दर्शन र पूजामा सहभागी हुन उनी पैदल यात्रा गरेर अयोध्या पुगेका हुन्।

प्रकाशित: ८ माघ २०८० ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App