१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मनाङमा वर्षा

फाइल तस्वीर

कम पानी पर्ने परिचय बनाएको मनाङमा विस्तारै वर्षा हुन थालेको छ। जसले गर्दा विश्वले उत्सर्जन गर्दै आएका विभिन्न असरदार वायुले यहाँको प्रकृतिलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ।

२०७८ जेठ १४ र असार १ मा मर्स्याङ्दी नदीमा विनाशकारी बाढी आउनु यसकै प्रभावका रूपमा विश्वले लिएको छ। यही बाढीले यहाँको प्राकृतिक सुन्दरतालाई प्रभाव पारेको छ। यसले पनि यहाँको प्राकृतिक रूप फेरिएको छ।

कहिल्यै बाढी नआएको मनाङमा पहिलोपटक आएको देखेको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङले बताए। उनले भने, ‘हामी जन्मिएर बुढो भयौं। मस्र्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेका थिएनौं।

खै के भएको हो बुझ्नै सकिएन। पृथ्वीमा के फेरिँदै छ कुन्नि कहिल्यै नआउने नदीमा बाढी आयो।’

प्रकाशित: ७ माघ २०८० ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App