१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार

शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका अति बिपन्नको नामावली छनौट गरी ८ हजार बढी मूल्य पर्ने कपडाको सेट प्रदान गरिएको हो।

कतार च्यारेटीको सहयोग, समाज कल्याण परिषद्को समन्वय र लिडो नेपालको आयोजनामा महारागंज नगरपालिका ९ सेमरी गाउँमा सो कपडा सेट बाँडिएको हो।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले विपन्नलाई कपडा हस्तान्तरण गरेका थिए।बिभिन्न ८ प्रकारका जाडोमा आवश्यक पर्ने सामाग्रीहरू विपन्नलाई प्रदान गरिएको थियो।न्यानो कपडाहरूमा कम्मल, फाइबर सिरक, पी फोम, न्यानो तन्ना, पछ्यौरी, थर्मस र तातो पानी रबर ब्याग छन। 

सो अवसरमा मन्त्री आचार्यले जाडो बढे पछि समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चार पालिकमा न्यानो कपडा बाँडिएको बताए।उनले आफूले दाताहरूको खोजी गरेर विपन्नका लागि पहिलो चरणमा यो कार्यक्रम गरेको बताए।उनले यस क्षेत्रको जनताको सुख दुःखमा साथ दिने आफ्नो कत्तब्र्य रहेको बताए।उनले सिचाई हेन्ड पाइप लगायतका लागि समेत आफू प्रयासरत रहेको बताए।

उनले अहिलेको लागि सीमित व्यक्तिहरूको लागि मात्र कपडा बाँडिएको र आफूले थप कम्मलका लागि पहल गर्ने बताए।मन्त्री आचार्य कै पहलमा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद आचार्यको क्षेत्रमा पर्ने यशोधरा गाउँपालिकामा ४ सय ८० कपिलवस्तु र बुद्धभुमी नगरपालिकामा चुजी फाउन्डेसनको सहयोगमा पाँच पाँच सय कम्मल र चप्पल उपलब्ध गराइएको छ।सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पूर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पहलमा गरिएको यो रचनात्मक काम निकै राम्रो भएको बताए।

विशेषतः महराजगंजका बिपन्न परिवारलाई उपलब्ध गराइएको यो सामान निकै उपयोगी हुने बताए। उनले यस्तो कार्यक्रम जिल्लाभर संचालन गर्नु पर्ने बताए।चिसो अत्यधिक बढेका बेला न्यानो कपडाको सेट पाए पछि विपन्नहरूको मुहारमा खुसी छाएको छ।उनीहरुले सरकारले सबै विपन्नलाई जाडो याममा राहत मिल्ने किसिमको सेवा सुविधा दिनु पर्ने माग गरे ।कपडाको सेट पाएर खुसी बनेका राजपुर गाउँका महबुल धोबीले जायो याममा पाएको यो सामान आफ्नो परिवारका लागि अति उपयोगी भएको बताए।उनले यसले जाडोमा आफुलाई निकै राहत मिल्ने बताए।समेरीकी मायादेबी चमारले शीतलहरले जाडो बढ्दै गएको बेला पाएको सामाग्री आफ्नो लागिबहुमुल्य रहेको बताईन।

उनले यो सामागीले परिवारलाई धेरै सहज हुने बताईन।सो अवसरमा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले बिपन्न परिवारले न्यानो कपडाका सेट उपहार पाउँदा आफुलाई पनि निकै खुसी लागेको बताए।उनले यस्तो कार्यक्रम पालिकामा राखेमा आयोजकलाई धन्यवाद दिँदै पछि परको आफ्नो पालिका बिकासका लागि थप पहल गर्न मन्त्री समेत आग्रह गरे।

महराजगंज नगरपालिकाका मेयर कलामको अध्यक्षता खग प्रसाद चापागाईँको संचालनमा भएको कार्यक्रममा वडा नम्बर ९ का  वडाध्यक्ष फरिद माहोम्मद लगायतले यस्तो कार्यक्रम थप ल्याउनु पर्ने बताए।महाराजगंजमा थप २ सय जनालाई यस्तै कपडाको सेट केही दिन मै उपलब्ध गराउने कार्यक्रम रहेको लिडोकी व्यवस्थापक सुनिता बेल्बासेले बताईन।महाराजगंजमा सुत्केरी आमा र बच्चाका लागि न्यानो कपडा वितरण समेत गरिने उनले बताईन।

प्रकाशित: ४ माघ २०८० ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App