११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

२२ जनवरीलाई दिपोत्सवको रुपमा मनाउन जनकपुरधाम उपमहानगरको अपिल

जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपोत्सव गरेर मनाउन अपिल गरेको छ।

महानगरले बुधवार सूचना जारी गर्दै भारतको अयोध्यामा २२ जनवरीका दिन हुने राम मन्दिर प्राण प्रतिष्ठाका दिन जनकपुरधामका सम्पूर्ण नागरिकलाई दिपावली मनाउन र राम तथा जानकी मन्दिरमा उपस्थित भई दिप प्रज्वलन गर्न अपिल गरेको हो।

महानगरले भारत र नेपालबीचको सम्बन्ध सदियौँ पुरानो रहेकाले जनकपुरधामबासीका लागि पनि २२ जनवरी निकै महत्त्वूर्ण रहेकाले दिपोत्सव गर्न आग्रह गरेको हो।

प्रकाशित: ४ माघ २०८० ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App