१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

जाडो छल्न यशोधराका विपन्नलाई कम्बल

शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका ८ वडाका अति विपन्नको नामावली छनौट गरी कम्बल बाँडिएको हो। ईस्लामिक रिलिफ नेपालको सहयोग र लिडो नेपालको समन्वयमा यशोधरा गाउँपालिका वडा नम्बर ४ अम्लोनाहामा कम्बल बाँडिएको लिडो संस्थाकी व्यस्थापक सुनिता बेल्बासेले बताइन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बिपन्नलाई कम्मल हस्तान्तरण गरेका थिए। सो अवसरमा उनले जडो बढे पछि समस्यामा परको अति विपन्न परिवारलाई राहत दिने उद्देश्यले कम्मल बाडिएको बताए।

उनले अहिलको लागि सिमित व्यक्तिहरुका लागि मात्र कम्मल बाडिएको र आफुले थप कम्मलकालागि पहल गर्ने बताए। मन्त्री आचार्य कै पहलमा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद आचार्यको क्षेत्रमा पर्ने कपिललस्तु, महराजगञ्ज र बुद्धभुमी नगरपालिकामा समेत विपन्नलाई कम्बल बाडिने कार्यक्रम छ।

समाज कल्याण परिषदका निर्देशक तथा योजना प्रमुख रामराज भट्टराईले जाडो बढे पछि विपन्नलाई न्यानो सिरक र कम्मल वितरणकालागि दाताहरुको खोजी गरी कार्यक्रम अघि बढाइएको बताए। उनले न्यानो कपडा बितरणका लागि दाताहरुको खोजी गर्ने कार्य जारी रहेको बताए।

सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पुर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पलहमा गरिएको यो रचनात्मक कामले जडोयाममा केही बिपन्नहरुले राहत पाएको बताए। उनले यस्तो कार्यक्रम जिल्लाभर सञ्चालन गर्नु पर्ने बताए। चिसो अत्यधिक बढेका बेला न्यानो कम्बल पाए पछि विपन्नहरु खुशी बनेका छन्। उनीहरुले सरकारले सबै विपन्नलाई जाडोयाममा राहत मिल्ने किसिमको सेवा सुबिधा दिनु पर्ने माग गरे। लिडो संस्थाका अध्यक्ष कमालको अध्यक्षता, मणि प्रसाद गैरेको सञ्चालनमा भएको कार्यक्रममा यशोधरा गाउँपालिकाका पुर्व प्रमुख गिरीजेश कुमार पाण्डेय लगायतले मन्तव्य राखेका थिए।  

प्रकाशित: ४ माघ २०८० ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App