८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

संकेतिक तस्बिर। (फाइल)

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीय जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट मंगलबार आज मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो।

आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीय भगी भुल घाइते भएका थिए। भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको जनाइएको छ।

प्रकाशित: २ माघ २०८० ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App