७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

राम मन्दिर उद्घाटनका दिन जानकी मन्दिरमा सवा लाख दियो बालिने

जनकपुरको जानकी मन्दिरमा २२ जनवरीका दिन सवा लाख दियो बालिने भएको छ। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ।

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ। साथै त्यो दिन उत्सवको रुपमा पनि मनाउने योजना रहेको उनले बताए।

उनले राम मन्दिरको प्राण प्रतिष्ठाका दिनलाई ध्यानमा राखी तयारी तीव्र बनाइएको पनि बताए।

राम मन्दिरको उद्घाटनको दिन दुबै मुलुकका लागि विशेष भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि उनले आग्रह गरेका छन्।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३००० हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ।

प्रकाशित: १ माघ २०८० ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App