४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

गत वर्ष भन्दा यस वर्षको पुस न्यानो

फाइल तस्बिर

गत वर्षको भन्दा यस वर्षको पुस न्यानो देखिएको छ। काठमाडौँमा गत वर्षको पुसमा न्यूनतम सरदर तापक्रम ४.७ डिग्री सेन्टिग्रेड रहेकोमा यसवर्ष यो ५.६ डिग्रीमा उक्लेको छ।

हरेक वर्ष हिउँद यामको सरदर तापक्रम समान नभएता पनि पछिल्ला वर्षमा हिउँद यामको अधिकतम र न्यूनतम तापक्रम दुवै बढेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेल भन्छिन्। पश्चिमी वायुले ल्याउने चिसो र हिउँद याममा पानी पर्दा तापक्रम घटने गर्छ।

यसै गरी सरदर तापक्रम बढ्नुमा  जलवायु परिवर्तन समेत कारण हुन सक्ने पोखरेल बत्ताउँछिन्। यसै गरी यसअघि राजधानीमा जनवरी महिना अर्थात पुस १५ देखि माघ १५सम्ममा सरदर न्यूनतम तापक्रम २.४ डिग्री सेन्टिग्रेड रहने गरेको छ। तर यसवर्ष जनवरी ५ अर्थात पुस २० मा राजधानीको तापक्रम सबैभन्दा चिसो हुँदा ३.५ डिग्री सेन्टिग्रेड रहेको थियो।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभाग अन्तर्गतको मौसम तथा पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको ३ दिनको मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। 

महाशाखाले कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  दैनिक जनजीवन, स्वास्थ्य , यातायात र हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: २९ पुस २०८० १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App