१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पूर्वराजाले गरे मूर्तियामा पूजा

पूर्वराजा ज्ञानेन्द्रले सर्लाहीको मूर्तियास्थित मन्दिरमा पूजा गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियास्थित मुक्तेश्वर मन्दिरमा शनिबार दिउँसो पूजा अर्चना गरेका छन्।

दिउँसो तीन बजे मूर्तिया पुगेका पूर्वराजा शाहलाई हेर्नेको भीड लागेको थियो। एक हप्तादेखि राजतन्त्रका समर्थक तथा राजावादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्ताले सर्लाहीमा प्रचार–प्रसार गरेका थिए।

मन्दिरपरिसरमा शाह प्रवेश गरेपछि समर्थकले राजा र राजतन्त्रका पक्षमा नारा लगाएका थिए। मन्दिरमा पूर्वराजा पूजाका लागि आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रकाशित: २८ पुस २०८० १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App