१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आगो ताप्न चोक चोकमा बालियो धुनी

अत्यधिक जाडो बढेर जनजीवन कष्टकर बनेपछि रौतहट सदरमुकाम गौरको चोक चोकमा धुनी बालिएको छ । गौर नगरपालिकाको व्यवस्थापनमा सदरमुकामको मुख्य सबै चोकमा आज शुक्रबारदेखि दाउरा बालिएको हो।

लगातार जाडो बढेपछि जनजीवन अत्यन्त कष्टकर बनेको हो।आज शुक्रबार दिनभर अत्यन्त जाडो भएको छ। पश्चिमबाट अत्यन्त चिसो हावा चलेर जनजीवनलाई अत्यन्त प्रभावित बनाएको हो।बाक्लो कुहिरो दिनभर चलेको हावा तथा घाम नलागेको कारण यो वर्ष दिउँसोमा सबैभन्दा बढी जाडो आज शुक्रबार महसुस गरिएको हो।शुक्रबार बिहान रौतहटमा सात डिग्री सेल्सियस तापक्रम रहेको थियो।  

अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाट बाहिर निस्कन डराइरहेका छन् । सबैभन्दा कठिन बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी र सुत्केरीलाई भएको देखिएको छ । पशुपालक किसानलाई पनि जाडोले निकै अप्ठेरो पारेको देखिएको छ।

अत्यधिक जाडोले चहपहल नै कम हुन थालेको र सर्वसाधारणलाई हिँडडुल गर्न कठिन भएकोले गौर नगरपालिकाको मुख्य चोक तथा बजारमा दाउराको व्यवस्था गरिएको नगर प्रमुख शम्भु साहले जानकारी गराएका छन्।गौरका सर्वसाधारण तथा नियमित डिउटी गर्नुपर्ने सुरक्षाकर्मीलाई पनि केही सजिलोको लागि दाउरा व्यवस्थापन गरी जाडोबाट राहत दिन खोजिएको नगर प्रमुख साहको भनाइ छ

प्रकाशित: २७ पुस २०८० १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App