४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

क्रिकेटर लामिछाने उच्च अदालत जाने

फाइल तस्बिर

क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिदिएको छ।

अदालतले पीडितलाई मानसिक रुपमा असर पुगेको भन्दै ५ लाख रुपैयाँ भराइदिने फैसला गरेको छ। पीडित गौशाला २६ लाई सन्दीपलाई तोकेको ३ लाख रुपैयाँ जरिवानासहित थप २ लाख रुपैयाँ गरी ५ लाख रुपैयाँ भराइदिनुपर्ने भएको छ।

तर सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन्।

बुधवार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्युनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरे।

अधिवक्ता घिमिरेले सो सम्बन्धि सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको स्पष्ट पारे। सन्दिप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्युनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको उनले बताए।

प्रकाशित: २५ पुस २०८० ११:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App